नबोले नबोल माया कहिले नमार्नु सानु
माया हाम्रो फुल झैँ कहिले नझार्नु सानु
बैंशालु ति नजरमा मुटु मेरो अल्झियो
थाहै नपाई प्रीत मेरो तिमी सितै बल्झियो
नखोले नखोल भर कहिले नपार्नु सानु
माया हाम्रो फुल झैँ कहिले नझार्नु सानु
नबोले नबोल माया...........................
सम्झनाको हुरी चल्छ तिमी टाढा हुँदा खेरी
भोक प्यास केहि छैन माया गाढा हुँदा फेरी
नघोले नघोल आशा कहिले नसार्नु सानु
माया हाम्रो फुल झैँ कहिले नझार्नु सानु
नबोले नबोल माया...........................
नबोले नबोल माया कहिले नमार्नु सानु
माया हाम्रो फुल झैँ कहिले नझार्नु सानु