पाएर तिमीलाई भाको छु दँग
एक्लो यो जिवनमा भरेछौ रँग
त्यो तिम्रो सिँउदो सजाउन पाए
दिनरात अँगालोमा कसाउन पाए
भरेको छैन त्यो उँमग जवानी
मेटेर प्यास बनाउछु बिहानी
उडेर छुँ की त्यो आकाश गँगा
इन्देणी झै सजाएर, भरे है रँग
सातौ जन्मलाई पिरती लाए
बाटो मेरो हौ भनी पथ समाए
दिन रात तिमी मा नै रमाए
तिमी भौ डोरी म बन्छु चँगा
सयौ जुनी रगाँउन भरे है रँग
पाएर तिमीलाई भाको छु दँग
एक्लो यो जिवनमा भरेछौ रँग