पानी माथि ओभानो भै, आफै जाती बन्छौ
आफै गल्ति गर्छौ अनि, आफै माथि हुन्छौ
कति सहें बर्षात त्यो, आफ्नै परेलीमा
तिम्रै खुशी हेरी रहें, हरेक तरेलीमा
समर्पणको खोल ओढी, आफै घाती बन्छौ
आफै गल्ति गर्छौ अनि, आफै माथि हुन्छौ
वाचा कसम भुल्यो तिम्ले, भुल्यो पिपलबर
यस्तो चोट दियो तिम्ले, पुग्ने जनम्भर
कुल्चिएर देउरालीलाई, केको पाती बन्छौ ?
आफै गल्ति गर्छौ अनि, आफै माथि हुन्छौ
पानी माथि ओभानो भै, आफै जाती बन्छौ
आफै गल्ति गर्छौ अनि, आफै माथि हुन्छौ