रगतले कोरिएको ,चिट्ठी आयो मेरो नाउमा ।
सम्झी-सम्झी आँशु पिउंछु ,बिरानो यो गाउँमा ।
नमेटिने चोटहरु दिई,उसलाई मैले दुखाएछु
मलिला ति मनलाई मैले,स्वार्थी भै रुखाएछु ।
तड्पिएर बस्छ अरे,पहिले हामी भेट्ने ठाउँमा
सम्झी-सम्झी आँशु पिउंछु ,बिरानो यो गाउँमा ।
बाचा कसम तोढ्या थिएँ,केहि झैं नमानी
उनको दिललाई खेलाई हिडें,खेलौना झैं ठानी ।
देवता नै मानी मलाई,सधैं झुक्थ्यो मेरो पाउमा
सम्झी-सम्झी आँशु पिउंछु ,बिरानो यो गाउँमा ।
सम्झी-सम्झी आँशु पिउंछु ,बिरानो यो गाउँमा ।