सबलाई रिझाऊँ भन्दा पसलमा बेचिएँछु
मेरो कोही भएनन्, सबैको म भएँछु
भत्केको गोरेटोमा लाखौँ अभागी हिँडछन्
सबैलाई बाटो दिँदा म भीरमा खसेछु
सबैलाई अड्याऊँ भन्दा आफैँ पो टेकिएँछु
मेरो कोही भएनन्, सबैको म भएँछु
पहाडको मुटु छोएँ, साँच्चै नै ढुङ्गा रहेछ
उम्लाऊँ खून भनेको, मेरै मुटु फुटेछ
जाडोले कक्रिएको मेरो प्यारो प्यारो सन्तान
सबैलाई तताऊँ भन्दा मेरो घर पो सल्किएछ
मुर्दा जगाऊँ भन्दा आफैँ पो तर्सिएँछु
मेरो कोही भएनन्, सबैको म भएँछु