सक्छौ भने मनभरिका व्याथाहरु लेख्नु
हामी बीचका पुराना ती कथाहरु लेख्नु
लुकाउँछौ पीडाहरु दिन्छ त्यसले चोट
आखिरमा हामी बीच के नै थ्यो र खोट
हाम्रो मायाप्रेमका सबै जेथाहरु लेख्नु
हामी बीचका पुराना ती कथाहरु लेख्नु
एउटै थियो विचार् हाम्रो,एउटै चाह हाम्रो
ठूलै मान्छे बन्ने तिम्रो सोच थियो राम्रो
कवि बन्यौ लौ त हाम्रो गाथाहरु लेख्नु
हामी बीचका पुराना ती कथाहरु लेख्नु
सक्छौ भने मनभरिका व्याथाहरु लेख्नु
हामी बीचका पुराना ती कथाहरु लेख्नु