सिन्दुरले होइन रगतले रंगिनेछ सिउँदो तिम्रो
घृणाले होइन मायाले सजिनेछ सिउँदो तिम्रो
आउ सानु लाउँ माया तिम्रो मेरो सँधै यहाँ
हाम्रो माया अजम्बरी जुनी जुनी रहोस यहाँ
दुख र सुख जिबनको रीत खुलोस प्रीत तिम्रो
वियोगले होइन खुसीले भरिनेछ सिउँदो तिम्रो
आउ जानु खाउँ कसम तिम्रो साथ सँधै यहाँ
दुइटा मुटु प्रेमको दियो जुनी जुनी बलोस यहाँ
घाम पानी योबनको मीत झुलोस शीत तिम्रो
बिछोडले होइन मिलनले छरिनेछ सिउँदो तिम्रो
सिन्दुरले होइन रगतले रंगिनेछ सिउँदो तिम्रो
घृणाले होइन मायाले सजिनेछ सिउँदो तिम्रो