तार चुँडिएको सारंगिमा खोज्दैछु मिठो धुन ।
ग्रहण लागेको आकाशमा खोज्दैछु ताराजुन ।।
सोचे भन्दा पनी धेरै धेरै अन्तर रै"छ यहाँ ।
मान्छेहरु भन्दा धेरै ढुङ्गे पत्थर रै'छ यहाँ ।।
तातो मरुभुमी बालुवामा खोज्दैछु हिरा सुन ।
पसिनाको साटो यहाँ दिनै बग्दैछ मेरो खुन ।।
सम्झना आउँछ जैलेपनी घरैको बाबा आमा ।
भन्दैछन होला नानीहरु चाहियो नयाँ नाना ।।
तार चुडिएको सारंगिमा खोज्दैछु मिठो धुन ।
तार चुडिएको सारंगिमा खोज्दैछु मिठो धुन ।
ग्रहण लागेको आकाशमा खोज्दैछु ताराजुन ।।