झर्को फर्को किन गर्छौ?बरु तिमी रिसाउ
त्यै रिसमा थोरै थोरै माया पनि मिसाउ
सधै भेट्दा खुसी हुन्थ्यौ,भन्थ्यौ मेरी बिहानी
दु:ख,सुख जे परे नि मेरै काख सिरानी
आज पनि त्यस्तै केहि पीडा भए बिसाउ
त्यै बिसाईमा थोरै थोरै माया पनि मिसाउ
मेरो चाह तिम्रो जित परे देखि हार्नेछु
तिम्रो ईच्छा पुर्याउन आफैलाई मार्नेछु
साथ दिन्छु दु:खलाई घुनसंगै पिसाउ
त्यै पिसाईमा थोरै थोरै माया पनि मिसाउ
त्यै रिसमा थोरै थोरै माया पनि मिसाउ