केटा –
तिमी देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगी मेरो जागेर आउँछ
केटी –
तिमी देख्दा नवै नाडी गलेर आउँछ
छातीभरि लाजै लाज भरेर आउँछ
केटा –
रोकूँ भन्छु हाँसो आफैँ फुटेर आउँछ
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ
केटी –
नसकी आज भावनाहरू उर्लेर आउँछ
आफ्नै मुटु पराई पराई लागेर आउँछ
केटा – तिमी देख्दा
नभनी मैले जिन्दगी मेरो तिमीमा साँचेछु
केटी –
हाँसखेल गर्दा मुटु नै मैले चुँडाई बाँडेछु
पीरले पनि साथीको माया लागेर आउँछ
केटा – तिमी देख्दा
.....................................................
नोट - (नगेन्द्र थापासँगको संयुक्त लेखन)