युवती-
तिमी देऊ या नदेऊ तिम्रो माया
मैले मन तिमीलाई बाँडिसकेँ
युवक-
मलाई देऊ या नदेऊ तिमी स्वीकृति
मैले मनमा तिमीलाई राखिसकेँ
युवक-
हुन त यो नौलो चिनाजानी
सङ्कोच-लाज बीचको कुराकानी
तर लाग्छ मलाई तिमी देख्दा
मेरी विगत जनमकी सङ्गिनी
तिमी नौली बन या पराइ
तिमीलाई हृदयले नै चिनिसकेँ
युवती-
तिमी साथ रहँदा मलाई लाग्छ
म जीवनको मधुमासमा छु
म विश्वभरिकी सुन्दरी हुँ
तिमी ठान नठान मलाई आफ्नो
मैले तिमीलाई अपनाइसकेँ
युवक-
मलाई देऊ या नदेऊ तिमी स्वीकृति
मैले मनमा तिमीलाई राखिसकेँ