तिमीले छाडेर गए देखि बेसरी पिउंदै छु
पीडाले फाटेको मन आँसु बगाई सिउदै छु
सपना बनेर फेरी किन आउँछौ बोलाउन
भुलेर अतीत हाँस्न खोज्दा मलाई तौलाउन
छातीमा राखेर ढुंगा मुस्किलले जिउदै छु
पीडाले फाटेको मन आँसु बगाई सिउदै छु
म यहाँ दु :खमा रात दिन काटेर बसे पनि
त्यो तिम्रो नजर बाट तल धर्तीमा खसे पनि
तिमी नै खुशी हुनु भनि संकल्प लिउदै छु
पीडाले फाटेको मन आँसु बगाई सिउदै छु
तिमीले छाडेर गए देखि बेसरी पिउंदै छु
पीडाले फाटेको मन आँसु बगाई सिउदै छु