क्षितिज तिर हेर प्रिय, लाली छाको छ
तिमीले मैले प्रित लाउने, बेला आको छ
चुल्ठी बाटी खेतको गह्रा, धान झुलाउँदै
शिशिर याम ल्यायो हेर, बैशा फूलाउँदै
मलाई पनि यै मंसिरमा, आँटौ भाको छ
तिमीले मैले प्रित लाउने, बेला आको छ
सुन्दै छु म घन्की सक्यो, पारि नौमती
मनमा कुरा खेल्छ अनेक, लाग्छ काउकुती
तिमीलाई पनि मलाई जस्तै, भा झैँ लाको छ
तिमीले मैले प्रित लाउने, बेला आको छ
तिमीले मैले प्रित लाउने, बेला आको छ