तिम्ले माया लाउँछ्यौ भने तिम्रो हातमा हात दिन्छु ।
संगौ जीउँछ्यौ मर्छ्यौ भने तिम्रो साथमा साथ दिन्छु ।
मागी हेर चाहे जती पुर्याई दिउँला भ्याए जती ।
दुःख सुख जस्तो होला भागमा लेखी ल्याए जती ।
स्वर्ग दिन न सकेनी धोका तिम्लाई दिने छैन ।
दोधारमा पर्छ्यौ किन ?माया भए डर्छ्यौ किन?
उई जुनिको चिनजान हाम्रो यो जुनिमा भेट भयो ।
देखें तिम्लाई एक नजर मै आफ्नो मन मुटु गयो ।
तिम्ले माया लाउँछ्यौ भने तिम्रो हातमा हात दिन्छु ।
संगौ जीउँछ्यौ मर्छ्यौ भने तिम्रो साथमा साथ दिन्छु ।
टोलाउने र बोलाउने कस्तो रोग लाग्यो मलाई ।
तिमी बिना सक्दिन म बांच्दीन भो मुटु जलाई ।
माया प्रेम लगाईं हालौ बिचार गर भन्या मानी ।
फूल जस्तो तिम्रो जोबन ओइलिएर जालानी ।