तिम्रो जस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि
नबोलाउ मलाई निष्ठूरी भनि
तिम्रो जस्तो बाधा मेरो पनि
तिमीलाई अंगाली कता कता भागी जाने धोको मेरो पनि
तर पाँउमा दस्तूरको तिम्रो जस्तो कल्ली मेरो पनि
दुई प्राण एक नभएपनि तिमी सितै बँच्छ मेरो पनि
नबोलाउ मलाई निष्ठूरी भनि
तिम्रो जस्तो बाधा मेरो पनि
देवता त होइन म पनि धेरै कमजोरी छ मेरो पनि
पिर वेदना तिम्रो जति त्यती नै त छ यहाँ मेरो पनि
रातमा रोएछौ तिमी पनि तिमी जस्तै रोएँ मै पनि
नबोलाउ मलाई निष्ठूरी भनि
तिम्रो जस्तो बाधा मेरो पनि