तिमी मुटुभरिको 'संगीत'
अनि म 'भाब' मात्र
तिमी 'शब्द' विरहको
अनि म 'गीत' मात्र
तिमी छाती भरिको 'माया'
म 'पीडा' चाहनाको
तिमी जीवन भरिको 'रचना'
म 'शब्द' कल्पनाको
तिमी 'सुर' साधनको
म 'आवाज' धड्कनको
तिमी 'मात' संगीतको
म 'आलाप' तिम्रो गीतको
तिमी 'लय' शब्द भरिका
म 'धून' मात्र
तिमी 'झंकार' जीवनका
म 'तार' मात्र - !!!