यस्तो लाग्यो तिम्लाई भेट्दा पहिलै भेट्नु पर्थ्यो
दुवै मिली सामन्तको पर्खाल छेड्नु पर्थ्यो
मिल्दो रैछ विचार हाम्रो चाह पनि उस्तै
छाती भित्र उर्लि रहने बह पनि उस्तै
एकार्काको हात समाई क्षितिज टेक्नु पर्थ्यो
दुवै मिली सामन्तको पर्खाल छेड्नु पर्थ्यो
वर्ग विभेद अन्त्य हुने दिन ल्याउनु थ्यो
सबै एक हुन् भन्ने उदघोष गर्न भ्याउनु थ्यो
उचोँ निचोँ भन्ने सोचाइ हामीले मेट्नुथ्यो