अपार-संसार-समुद्रमाहाँ
डुब्याँ शरण् कुन् छ मलाइ याहाँ?
चाँडो कृपाले अहिले बताऊ
श्रीरामको पाउ छ मुख्य नाऊ।।१।।
कुन हो सदा बन्धनमा पर्याको?
जस्ले छ यो मन् सुखमा धर्याको।
मुक्ती भन्याको त पदार्थ कुन् हो?
वैराग्य भन्नू चिज जान्नु जुन् हो।।२।।
ठुलो नरक् कुन् छ भनेर जान्नू?
यही शरीरै छ भनेर मान्नू।
कस्तो स्वभाव् स्वर्ग भनेर जान्नू?
तृष्णा छुट्या स्वर्ग भनेर मान्नू।।३।।
कुन् ज्ञान् छ ठूलो भनि लीनु पर्न्या?
वेदान्तको ज्ञान छ दु:ख हर्न्या।
कुन् हो सहज् मोक्ष गरायिदीन्या?
ज्ञान् हो अरूको किन नाम लीन्या।।४।।