सगरमाथामा चढनेहरु सबै तेन्जीग,पासांग,हुदैनन्
न त जुनको ताबेई,एडमन हिलारी मात्र चढछन
कोहि-कोहि राजनीति गर्नेहरु पनि पुग्छन
टुप्पो भन्दा पनि माथि कहाँ पुग्छन पुग्छन
सबै पुग्न नसक्ने ठाउमा पुग्छन उनीहरु
तेन्जीग,पासांग,जुनको,एडम पुगेभन्दा माथि
सगरमाथा धेरै माथि हुनेगर्छ त्यसै त
तलबाट बोलेको,कुर्लेको केहि सुनिन्न
न पहाडीहरूको च्यातिएको दौरासुर्बाल देखिन्छ
न मधेसीहरुको फाटेको धोतो देखिन्छ
अरु त अरु सेर्पाको बक्खुको मयल पनि देखिन्न
थारु,लिम्बी,पोडे,चमार,मगर,कसैको केहि देखिन्न