रातभरि प्रश्न रोपीरहें
आँसुले लपक्क भिजेको मनको खेतमा
मेरो सिरानी सँधै एक्लो किन ?
रातभरि आँखा छोपिरहें
स्मृतिका तरंगले छिया छिया परेको चेतमा
मेरो मन सँधै एक्लो किन ?
रातभरि प्रश्न रोपीरहें
आँसुले लपक्क भिजेको मनको खेतमा
मेरो सिरानी सँधै एक्लो किन ?
रातभरि आँखा छोपिरहें
स्मृतिका तरंगले छिया छिया परेको चेतमा
मेरो मन सँधै एक्लो किन ?
यहाँ हामीलाई
आफ्नो अशक्तता नै प्रिय छ,
त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ !
त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ?
यहाँ हामीलाई यो अलमल नै प्रिय छ,
यो धरमर नै प्रिय छ;
तर, हामी त्सोलाई त्यसो भन्न चाहँदैनौं;
त्यो भन्ने तिमी को ?
यहाँ श्रृङ्खला ल्याउन खोज्ने तिमी को ?
हामीलाई हाम्रो हार नै प्रिय छ,
दुर्गति नै प्रिय छ,
यो पसारो नै प्रिय छ,
उठाउन खोज्ने तिमी को ?
हिजोसम्म रोईरोई बाँचिरहेका थिए ।
आज तिनै हाँसीहाँसी मर्न तयार छन् ।
हिजोसम्म जसको बोलीमा केही थिएन;
मनको प्रतिध्वनिसम्म थिएन,
मानिसले बोलेजस्तै थिएन;
केवल शब्द थियो, अर्थ थिएन;
आज तिनैको बोलीमा प्राण छ,
व्यथा, उन्माद, आह्वान छ, आकर्षण छ,
आज तिनैको मौनता पनि बोल्छ ।
हिजोसम्म जो रोईरोई बाँचिरहेका थिए
आज तिनै हाँसीहाँसी मर्न तयार छन् ।
हिजोसम्म जसको हात भिखारीको जस्तो फैलिएको मात्र थियो
आज त्यही हात अँजुली परेको छ—
आफ्नो सम्पूर्ण जीवनलाई एक स्वप्नको निम्ति
अर्पिदिने प्रेरणा त्यसमा आएको छ;
हिजोसम्म जसमा लिने लाचारी मात्र थियो,
दिने इच्छाको उदय पनि भएको थिएन;
लाचारी, निश्छलता, कायरताका दिन बिते ।
आज सब कटिबद्ध छन्, प्राण हत्केलामा छ ।
हिजोसम्म जो रोईरोई बाँचिरहेका थिए
आज तिनै हाँसीहाँसी मर्न तयार छन् ।
बुझ्नेलाई शिर्सकले आँफै प्रस्ट भनिदिन्छ
कती फैलन सक्छु त्यो ममै निर्भर हुन्छ
"देश अनी दाइत्व" सबैले यदी बुझिदिय
खुशी हुनपाउने थिय सबै प्यारा नेपालीले
धेरै भो आफ्नो लागि मात्रै राजनीति यहाँ
अब देश अनी दाइत्व खोज तिमी आँफैमा
नेताको अर्थ बुझेर मात्र अब राजनीति गर
अन्धो कार्यकर्ता हैन नेपाली जनता बनेर
आउ अब हामी सबै मिली यो देश बनाउ
कुरा धेरै भयो मित्रहरु काम गरेर देखाउ
मलाई लाग्छ हामी बाच्नुको एउटै अर्थ छ
हामी सबैले सुन्दर भबिस्य छोडेर जानुपर्छ
कस्लाई थाहा छैन जन्मियपछी मर्नै पर्छ
रित्व आयका हामी फर्कदा रित्व जानुछ
बुझ्नेलाई शिर्सकले आँफै प्रस्ट भनिदिन्छ
कती फैलन सक्छु त्यो ममै निर्भर हुन्छ
"देश अनी दाइत्व" सबैले यदी बुझिदिय
लाखौँ चोसे र मोसे
विषयसुख-शिलाशैल चिर्दै बहेकी
श्रद्धा-मन्दाकिनीको
विकट तटतटै भै चनाको विवेकी ।
कैलासेपत्यकाको
सुमधुर छबिमा गुस्छ जो भक्तिसाथ
तीर्थात्मा तीर्थवासी
उहि जन मनले देख्छ केदारनाथ ॥
चोक-चोक र
गल्लि-गल्लीमा
मेरै छेउ भएर
गुज्रिन्छन सधैं जसो,
गुन्यु चोलिलाई चुनौती दिंदै,
उछ्रिंखल अनि
उत्तर आधुनिक ठिटीहरु,
असह्य भएर पनी...
मलाइ सप्पै अङ्ग देखिने
उनीहरुको बस्त्रमाथी
कुनै टिप्पणी गर्नु छैन...
सम्हाली राख मैले कोरेका यी शब्दहरु
एकांकीमा कहिले तिम्रो मुटु छुन सक्छ
सम्हाली राख मैले कोरेका यी मायालु भाकाहरु
असह्य भै अनायासै आशुँ झर्न सक्छ
मेरा ब्यथाहरु शब्दमा ब्यर्थ लाग्छ भने
स्मृतिका पानाबाट मेट्ने प्रयाश गर
मेरो साथ तिमीलाई दुर्घटना लाग्छ भने
बिडम्बना सम्झी भुल्ने प्रयाश गर
सम्हाली राख मेरा यी प्रितिका गीतहरु
कुनै दिन जीवनका कथा बन्न सक्छ
यी बाँसहरु
अचानक उम्रिएका
ख्याल ख्यालैमा
अचानक भेलले ल्याएको
मलिलो माटोमा मलमलाउदै
उम्रेका टुसाहरु खान पनि नालाएक भएका
न घाँस दिने न फल दिने
हल हल बढेर कुप्री सकेका ,
फुलीसकेका चुस्नु सम्म चुसी सकेर
पोस्नु सम्म पोषी सकेका
काम नलाग्ने यी बाँसहरु
न बज्यो बाँसुरी न रह्यो बाँस
ती बाँसहरु लाईदेशका सिमारेखाको
किल्ला ,खम्बा बनाउन सकिन्छ की ?
अब ति बासहरुलाई हाम्रा ति सिमाहरुमा गाड्नु सकिन्छ की ?
सिमा रेखा छुट्टयाउनु पर्छ की ?
पुर्व मेची देखी पश्चिम महाकाली सम्म
नैराश्यताले भरियको
मेरो जीवन
र मेरो मनको
बादल हटाउने
मात्र
केवल तिमी हौ
त्यसैले भुल्न
सक्दिन तिमीलाई
अनि तिम्रो नामलाई
जुन नाम
मेरो जीन्दगीमा
अति नै प्रिय छ
म मेरो जीन्दगीको
सबै चिज त्याग्न सक्छु
तर तिमी र तिम्रो नाम
त्याग्न सक्दिन
खै प्रकृतिको नियम हो
या दैवको खेल
जसलाई म
यति माया गर्छु
त्यहि मायालु
र त्यहि प्रिय नाम
निर्जन अनि सुनसान साँझ
प्रकृतिका सुन्दर दृश्यहरु
त्यो हाम्रो मायाको दोबाटो
लाग्छ आज आँखा वरिपरी घुमिरहेछ
प्रिय मैले भुलेको छैन
त्यो हाम्रो प्यारो अनि मिठो रात
जहाँ हामीले संगै मर्ने अनि संगै जिउँने
कसम र आश्वासन दियका थियौ
झरना झैँ बग्ने ति हाम्रा
मायाका निश्चल छाँगाहरु
लाग्छ आज पनि तिमि र म
त्यहि छाँगामा बगिरहेका छौ