एक थुप्रो हाड र मासुले बनेको मानव पुत्ला
एक मुठ्ठी श्वासले साथ नछोडुञ्जेलसम्म
अहंकारको आभुषणले विवेकी चेतना धमिल्याएर
अन्याय र अत्याचारलाई अस्त्रशस्त्र सम्झिएर
निर्धो माथि प्रहार गरिरहन्छ
सस्तो लोकप्रियताको खातिर
हत्या र हिंसाको व्यवसाय खोली
आतंकबाजी मच्चाएर
जगतको शान्ति खल्बलियाएर
किञ्चित लज्जा नमानी मुस्कुराइरहन्छ