आज एकजना पुरानो व्यबस्थाका हिमायति नेताले
जेष्ठ १४ मा संविधान बन्दैन भनेछन्
५७ दिन मात्र बाँकि छ औँलामा गनेछन्
उनको कुरा बुझन सकिन्छ
ईच्छा त्यसै माटोमा मिसिएर मकिन्छ॥॥
यता नयाँ नेपाल बनाउन हिँडेकाहरुको ताल वेताल छ
प्रजातन्त्र-लोकतन्त्र-संघिय गणतन्त्र
यीनका मुखमा झुण्डिएको मुल मन्त्र
विचार छरिएका छन् यत्र तत्र.......
ठेगान छैन बोलिको चलाउदाछन् मनपरितन्त्र॥॥
दुवैको एउटा समान अनि सदावहार चरित्र छ
यिनले सधैँव लिन्छन् जनताको ठेक्का
तर यीनलाई भएन कहिल्यै जनचाहनाको हेक्का
यीनले मुलुक र मुलुकबासिलाई विर्ता ठानेकाछन्
आफ्नो स्वार्थ पुर्ति खातिर ठाउँ-कुठाउँ हानेकाछन्॥॥
अव यीनलाई ठेगान लगाउन केहि गर्नु पर्ने भएको छ
यीनका कुकर्मको भण्डाफोर गर्न लागौँ
सचेतता र एकताका साथ विना विलम्ब सवै जागौँ
जनदवाबका सामु यीनिहरुले झुक्नु नै पर्ने छ
यसले मात्र अव मुलुक र मुलकबासिको भलो गर्ने छ॥॥
ईतिहासबाट सिकौँ अव फेरि दोहोरिन नदिने प्रयत्न गरौँ
ईतिहासमा हामि धेरै पटक ठगिएका छौँ
यीनका लहै-लहैमा पटक-पटक लगिएका छौँ
अव फेरि ठगिनु र लगिनु छैन हामिलाई
ठेगान लगाएरै छाडौँ सवजन मिलि यिनिलाई॥॥