(१)
प्रजाको हर्षका साथ जल वर्षा गरीकन ।
आई पुगी प्रिय वर्षा वर्षतुल्य वने दिन ॥१॥
(२)
कालाबादलमा सानी उज्याली बिजुली परी ।
कृष्णका काखमा खेली रहेकी राधिकासरी ॥२॥
(४)
इन्द्रिनीहरुको शोभा हेरनू होस सज्जन ।
अप्सराले खसालेका रत्नको हार झै छन ॥३॥
(७)
मेघको गर्जन सुनी नाचे मयुर बेसरी ।
दाताको गुलियो बोली पाएका गरीबै सरी ॥४॥
(१०)
काला पहाडमा सेता पानीका छहरा छुटे ।
कृष्णका छातिका मुक्ताहारको उपमा लुटे ॥५॥