कोरी केश सफा गरी, फुल जडी टेढा झिकी कुन्तल
लाई लालि कपोल, ओठहरुमा आँखाविपे गाजल ।
औठी हारहरु डटी चहकिला पोशाक सारा चुनी
आई कुन्जविपे अली छिन बसी बोली नयाँ कामिनी ।।१।।
फेला पर्न गये म धूर्तजनका, सङ्केत-बेला गयो
व्यर्थैमा विचरी यसैबिच परे, कस्तो हरे ! कर्म यो ।
जाऊँ हाय ! कहाँ, गरुँ अब कसो, पोखूँ कहाँ यो पिर
होला शान्त कसो गरी हृदयको यो दीर्घ-चिन्ता-ज्वर ? ।।२।।
जो मैले रसिलो मनोरथमय-प्रासादमाथी झुली
देखेथें सुखको अनन्त सपना जाली कुरामा भुली ।
त्यो सम्पूर्ण भरङ्ग भो पलकमा, वाधा पर्यो दुस्तर
छाँगाबाट खसी झल्याँस्स बिउँझे दुर्भागिनी आखिर ।।३।।
काला बादलको सहोदर ठूलो नैराश्य-पर्दा गिरी
पैले नै सब खेल चौपट भयो निर्मूल भे माधुरी ।
लायो दृष्टि जता, उतै मन रुने केही नही कौतुक