चोक-चोक र
गल्लि-गल्लीमा
मेरै छेउ भएर
गुज्रिन्छन सधैं जसो,
गुन्यु चोलिलाई चुनौती दिंदै,
उछ्रिंखल अनि
उत्तर आधुनिक ठिटीहरु,
असह्य भएर पनी...
मलाइ सप्पै अङ्ग देखिने
उनीहरुको बस्त्रमाथी
कुनै टिप्पणी गर्नु छैन...
आगो झोस्छु चुरोटमा
घुटुक्क थुक निल्छु
आकाशतिर धुवा उडाउदै,
र सोचमग्न हुन्छु
दौरा सुरुवालको बारेमा,
ग्रंच पाइन्ट लगाएको अराजक ठिटो म !!!!