जीवन यात्राको
उकाली-ओराली हिड्दा
जब बिज्छन काँडा अनि
लाग्छ ठेस पिरो,
ऐयाको मरहम बनेर
त्याहा आमा उभिएकी हुन्छिन ।
कर्म-मर्म र धर्म-अधर्मको
भार बोकि
जब सन्तती
असिना-पसिन भई
ढल्बलाई रहेका हुन्छन,
शितल छाहारी र
चीसो पानी भई
आमा नजिकै पर्खिएकी हुन्छिन ।
आफ्ना रक्तकणहरुलाई
ध्रुवतारासरि चम्काउने चाहानामा
तन-मन र धन समर्पित गर्छिन
तर बिडम्बना,
कलियुगे सपुत
माउखानी भैदिन्छन,
हो,
आमा पुरानो टालोसरि भै
एक कुनामा थन्किएकी हुन्छिन ।
आमा कतै
मेक्सिम गोर्खीकी पात्र हुन्छिन,
कतै अचेलका टेलि सिरियलका
भुमिकामा हुन्छिन,
कतै धर्ति,कतै आकाश हुन्छिन,
तर
आमा त आमै हुन् नि!
अन्तयमा,
आमा आमा हुन्छिन्!!
हो,
आमा आमा नै हुन्छिन्!!