मानिसलाई मानिसहरु संग जोड्ने आस्था
वर्तमानलाई गतिशील बनाउने आस्था
भविश्य प्रति आशा जगाउने आस्था
विचार आस्था, शिद्धान्त आस्था
निष्ठा आस्था, व्यबहार आस्था
अनुशासित बनाउने आस्था
बाटो देखाउने आस्था !!
तर...
लाग्छ आज घाईते भएको छ आस्था
वाहकहरुको नास्ता भएको छ आस्था
सत्तामा चड्ने भर्याङ्ग भएको छ आस्था
मागि खाने भाँडो भएको छ आस्था
जेका निम्ति अपनाईएको थियो आस्था
बाटो विराए पछि घाँडो भएको छ आस्था
समग्रमा उपचार खोज्दै छ आज आस्था !!