गुलाबी ओँठको निकट
कौमार्यको समिप ,
सुन्दर बक्षस्थलको पास ,
अनि जिबित संसारको ऊद्गम स्थलको
माध्यम हुँदै ,
नयाँ सृस्टी गर्ने
आऊ आज तिमी र म एउटा प्रण गरौँ !
लुछेर ईज्जतका बोक्राहरू ,
छोडाएर लाजका खोस्टाहरू ,
पौठेजोरी खेल्दै ,
असिन पसिन बेहद तिब्रताका साथ ,
पत्र पत्र चुडेर ,
सृजनाको आसन बाँधी
नयाँ सन्सार उमार्ने
आऊ आज तिमी र म एउटा प्रण गरौँ !!
क्षतबिक्षत होस सिमाना !
ढलुन पर्खाईका बारहरू ,
सरासर एक पछि अर्को गर्दै
नयाँ नयाँ योगासन अनि
रुन्चे अस्पस्ठ सुस्केरा भित्र आनन्द छर्दै ,
प्रकृतिक चौघेरा नाप्दै ,
नयाँ युगको जन्म गराउँने ,
आऊ आज तिमी र म एउटा प्रण गरौँ !!
आऊ आज तिमी र म एउटा प्रण गरौँ !!