प्रिय! तिमी एकछिन विश्राम गर!
म पनि विश्राम गर्छु।
हिँड्दा हिड्दै धेरै हिंडिएछ
दर्केझरी र उखरमाउलो घाम पनि नभनि!
त्यसैले त थाक्नसम्म थाकिएछ।
प्रिय! एकछिन विश्राम गरौ न ल!
प्रिय! तिमी पनि त थाकिसक्यौ होला
बडो जोडसँग पाईला अघि बढाउँथ्यौ
चाहे कुनै उत्सबमा होस्,
वा आफन्तकै मृत्यु शोकमा नै किन नहोस्,
आफ्नो गन्तव्यहिन यात्राप्रति पूर्ण बफादार भएर!
तिमी पनि एक्लो!
म पनि एक्लै!
पट्यारलाग्दो गन्तव्यहिन यात्रा!
दोबाटोमा भएको अकल्पित भेट!
पलाएको उमगं!
खुशीको सन्चार!
आहा! क्या थ्यो है!
तिम्रो हिँडाईलाई पछ्याउन नसक्दा
कैले तिम्रै काँधको बसाई
कैले तिम्रै कोमल हातको डोर्याई
अनि कहिले घिसार्दा
राम्ररी पढिएको जिन्दगीको
हरियो, रातो पाना
लाग्थ्यो साँच्चै सुन्दर!
तिमी पनि पक्कै त पक्कै थाक्यौ एकनाशे हिँडाईले।
मेरो प्रिय मित्र!
मृत्युपर्यन्तको एक्लो जन्मजात साथी!
आऊ प्रिय एकछिन विश्राम गरौँ।
हुनत सुस्तरी हिँड्दै गर भन्दा पनि नहुने त हैन
तर
'गाँस छोडेर साथ नछोड्नु'
मानसपटलमा तरगिँत हुन आईपुग्दा
तिमी नै भन न मित्र
कसरि कुन हात हल्लाउँदै
कुन हातले छल्किएको आँशु पुछेर
बिदा दिऊँ तिमीलाई
एक्लो यात्रामा?
तिमी पनि त सयौँ जघाँर
हात समाएरै तरेको
एक्लो साथी
अनकण्टारमा छोडेर
हिँड्न सक्थ्यौ र?
चट्टै मायाँ मारेर!
आऊ प्रिय! सँगसँगै बिताएका
ति आत्मिक पलहरु
एकैछिन जिन्दगीको शीतल चौतारीमा
बसेर स्मरण गरौँ।
स्मृतिका तस्वीरहरु पल्टाईहेरौँ।
अनि
तिनैलाई मन-मुटुमा सजाएर
फेरि यात्रा शुरु गरौँला नि!
हुन्न?
हामीले एकैछिन विश्राम गरेको
कसलाई पोथाहा हुन्छ र?
थाहा पाईहाले पनि
हामीले के नै बिराएका छौँ र?
एकैछिन विश्राम गर्नु
महापाप पनि त हैन नि प्रिय!
सकिनसकि आफैँलाई घिसार्दा
आफ्नै पापको समुन्द्रमा डुबिन्छ रे!
बरु विश्रामपछि एकैछिन सँगै दौडौँला।
भाग्दै गरेको गरेको गन्तब्यलाई
छेकेरै समाउँला।
एकैछिन उत्सव पनि मनाउँला!
सँगसगैँ नाचौँला!
ए! तिमी त नाँच्न आउँदैन पो भन्थ्यौ है!
केहि छैन म सिकाउँला नि!
आदिम जगंलमा
एकअर्काको काखमा निदाऔँ
अनि
भबिश्यको मिठो सपना बुनौँ।
कसले चियो गर्ला र
हामी सँगै रमाइरहेको!
आऊ प्रिय! बन्धकी राखेको
आफ्नै खुशी
उकास्ने कल्पनाको
जोहो गरौँ एकैछिनको विश्राममा।
आऊ प्रिय समय! एकैछिन विश्राम गरौँ!