आजको बिहानि किन निन्याउरो मुख लाएर आएकोछ!
सूर्यको वरिपरि वाक्लो तुवालो छाएको छ
सायद नेपाल आमा माथिको बज्र प्रहारको पिडाले
प्रकृति सुस्ताएकि पो हुन् कि !
निकम्माहरुको मथिङ्गललाई जिस्क्याएकि पो हुन् कि !
कपडा लगाएकाहरुको नाङ्गोपनले लजाएकि पो हुन् कि!
अथवा, आफु माथिको अन्याय सहनेहरु देखि निराशिएकि हुन्!
कि, आधिँ-तुफान अघिको शान्ति देखाएकि हुन्!