धोती न टोपी भएर
दुई दिन त गै गयो ।
चार दिनको जिन्दगी
दुई दिन त रै गयो ।।
बादरको पुच्छर जिन्दगी
लौरो न हतियार भैगयो ।
दाँत हुदा पाए पिडालु मात्र,
अहिले नारियाँल छ
तर खानि धोको रैगयो ।।
तन हुदा मन भएन,
अहिले मन भएर के गरु??
प्यास त्यसै रैगयो ।।
सारा उमेर धन भनि
घर छाडेर बन पसे ।
अहिले बचेराले छाडि गए,
घरलाई घर बनाउने धोको रैगयो ।।
उज्यालो छ तर दृश्टि मन्द,
बाटो छ तर खुट्टा काप्छन ।
अघि जाने धोको थियो,
अहिले आउने धोको रैगयो ।।