आज काठमाण्डुमा मौसम परिवर्तन भएको छ
यो संग संगै मन अन्तै विचरण गर्न गएको छ
स्यु स्यु चिसो छ सरिर पर्यो नधान्ने खालको
मौसम परिवर्तन पनि यो साल खै के तालको!!
जाडो गयो अव त भनि ठान्यो आउछ पलाएर
अर्को दिन घामले पोलि हैरान शरिर गलाएर
अस्थिरताको भुँवरिमा परेको यो समाज हाम्रो
त्यसैको परावर्तन पो हो कि प्रकृति पनि चाम्रो!!
फाल्गुण जाँदो चैत्र लाग्दो दो मासको यो संघार
हिउँ पर्यो वर्षा झर्दैछ तर्नु पर्ने पो हो कि जंघार
मौसम अनि ज्योतिस विज्ञान खोजि गर्न थाल
छिटो बताऊ प्रकृतिको यो हो कि होइन जाल!!!