मुक्तिको हाँसो
हाँस्न नपाउदै
गर्जिए
आफ्नै सपनाहरु
अनि झस्किएर फर्किन्छु
फेरी अर्को कोल्टो ।
कुनै सुन्दर तलाउको किनारमा
हातमा हात राखेर
प्रण गर्दै थियौ तिमी
र
कहिल्यै नछुटिने
कसम खाँदै थियौ
म अतालिँदै थिए ।
मलाई निन्द्राले
र
म बिउँझीएछु
उहि पुरानो विस्तारामा
अन्धकार कोठामा
आफ्नै ईतिहाससँग ।
~उज्जवल पाठक
~सर्लाही-४,परवानीपुर