मायाँले
निरीह आखाँले एकपल्ट सरसर्ती टोलाएरै हेर्यो
र आखाँ चिम्ल्यो ।
सायद सधैँका निम्ति !
मुटु चुडेझैँ भयो ।
हृदय छियाछिया र विक्षिप्त !
चारैतिर निष्पट्टता !
कलिलो घाम
दिनभरको दौडधुपले
राता निस्तेज भएर
पृथ्वीलाई अँध्यारोमा पारी
साँझ आफ्नै ठेगानामा फर्केझैँ
जिन्दगीमा अँध्यारो रात दिएर गयो ऊ ।
कहिल्यै उज्यालो नजन्माउने रात !
निष्पट्ट कालो रात !
आउँछ की भनी
पर्खेँ, पर्खिरहेँ.. पर्खिरहेँ....
उसलाई नै ।
नफर्कने थाहा पाएरै !
अँ, ऊ आएन
उज्यालो बिहान लिएर ।
मात्र याद पठाईरह्यो..... पठाईरह्यो...... एकतमासले !
ऊ आउने पनि त छैन कहिल्यै !
तैपनि
एकदिन फर्कने आशामा
उसलाई नै
कुरिरहेछु... कुरिरहेछु...... र कुरिरहनेछु......
अनन्त अनन्तसम्म !
कोमलताको चोट पाएका
बगरे ढुगाँहरु
छहरा पहराको साईनो गाँसेर
हृदयमा सुतिरहे झैँ
चुपचाप ! चुपचाप !