केहि दिन मन लाग्छ रित्तिएर
प्रियसी उ मेरी
केहि दिन मन लाग्छ सिद्धिएर
छोरी उ मेरी
अन्तर केवल
दिनु अनि दिनु नै थियो
अन्तर केवल
रित्तिनु र सिद्धिनु नै थियो
आत्मै देखि रित्तिदैछ उ
प्रियसीको लागि
भौतिक रुपमा सिद्धिदैछ उ
आफ्नी छोरीको लागि
अन्तर केवल
माया अनि माया नै थियो
अन्तर केवल
सम्पूर्ण रित्तिनु अनि सिद्धिनु नै थियो
त्यो रित्तिनु प्रियसीक़ा लागि
अनुभूति केहि त्यागको
त्यो सिद्धिनु छोरीका लागि
सन्तुष्टि केहि ब्यबहारको
अन्तर केवल
त्याग अनि त्याग नै थियो
अन्तर केवल
सन्तुष्टि अनि सन्तुष्टि नै थियो
प्रेमको पराकाष्टा भित्र
प्राप्तिको चाह थियो
स्नेहको प्रचुरता भित्र
सन्तुष्टिको डाह थियो
अन्तर केवल
त्याग अनि स्वार्थको थियो
अन्तर केवल
बेचैनी र सन्तुष्टिको थियो -।!!