अपवाद छाडेर,
अब्बल अंक डाक्टर ईन्जिनियर
दोयम सार्वजनिक संस्थातिर
सिम निजामति सेवामा
चहार शिक्षण पेशामा
यस बाहेकका राजनीतिमा जान्छन्
हुने नहुने सवै खान्छन्!!
उदेश्य यीनको फगत धन कमाउने
त्यसकै बलमा रवाफ जमाउने
मुलुक र जनता बन्धक राखेर
छिमेकि रिझाउछन् सरणम् भाकेर!!
नीति भन्दानि नियत सफा छैन
देश र दुनिया प्रति वफा छैन
आफु र आफन्तलाई पोसेका
बाकिँ सवलाई शोसेका!!
शिक्षा क्षेत्रको नि हालत उस्तै छ
युवा उर्जा उसैले चुस्तै छ
ब्यबहारिक्ता र ब्यबसाईक्ता निल छ
नैतिकताको ढोकामा बन्द सिल छ!!
ढुङ्गा-मुढा गर्न जान्ने
अह्राएको ठाउँमा आखाँ चिम्लेर हान्ने
शिक्षण संस्था कार्यकर्ता उत्पादन गर्ने थलो भो
त्यसैले आज सम्म मुलुकको कु-भलो भो!!
कृषि जलस्रोतको हालत नि उस्तै छ
विकासका कामहरु सुस्तै छ
छिमेकिको अनाज डकारिएको छ
१४-१६ घण्टे लोडसेडिङ सकारिएको छ!!
फस्टाएको छ लुट कमिसन भ्रष्टाचार
मौलाएको छ अन्याय अत्याचार ब्यभिचार
फुटाउ र शासन गरतिर ध्यान गएको छ
देश र जनता मागि खाने भाँडो भएको छ!!
यसतै छ हालत याहाँको
सुख: शान्ति र समृद्धि मिल्ला काहाँको
कुविचार र कुनियतको जबसम्म हुन्न नाश
नव नेपाल बन्नेमा कति पनि छैन आश!!