भो,आमा म बन्दुक बोक्दीन
न बम,बारुद बनाउछु
न एम्बुस थाप्छु
आमा,अब म राइफल चलाउदीन
सामन्तीको मुटु थर्काउने त्यो बन्दुक थन्काउनुस
मलाई मजदुर,किसानको लागि लड्न बन्दुक चाहिदैन
मैले बुझे,सामन्तीको पछीलागि गरिबको उत्थान हुदैन
राज्य सत्ता फुत्काउन बन्दुक भिर्नै पर्दैन
अब,म कलम उठाउछु,मसि भरि-भरि हिर्काउछु
तपाइको हातमा बन्दुक हुदा जन्मेको म
बारुद,गोलि,राइफलको सिरानी हालेको म
तपाईले आफ्नै दाजु-बाऊ मार्दा पनि केहि बोलिन
आफ्नै बाबुको हत्या हुदापनि एक थोपा आसु झारिन
अब म कपि बोक्छु,सामन्तको कमजोरी खोजि-खोजि लेख्छु
न त २/४ जना मन्त्रि,प्रधानमन्त्री फेर्न थियो
जनताको उत्थान गर्छु भन्नेहरु,सामंतिकै भरौटे परेछन
श्रम,शिप,बैज्ञानिकताको कुरा गर्ने,सत्ताको कठपुतली रहिछन
अब,म जनताका आवाज उठाउछु,गाउ-गाउ पुग्छु र बोल्छु
आमा म पनि तपाइँ जस्तै जंगल जंगल चहार्छु
हो,आमा,म, ति हरेक चिप्ला,साना गोरेटो छिचोल्छु
म,खसीको टाउको राखी कुकुरको मासु बेच्नेको बिरोध गर्छु
मैले आहाल सफा गर्न,आहालमा घुस्नेको साटो लिन्छु
सत्ता पाएर भत्ताको पछी लाग्नेलाई,छानी-छानी नाग्गेझार पार्छु
मलाई न माओको जनवादले रोक्नेछ
न म लेनिनको आग्रहमा रोकिने छु
क्रान्तिको ज्वालाले खरिएको,खतराको धारमा हिडेको,म
प्रजान्त्रिक समाजबाद,बौदलीय जनवाद.प्रचण्डपथ बोकेको,म
अब,रगतको होलि खेल्ने,लासको सिढी चड्ने-ओर्लनेलाइ खोज्छु
मैले अब,भाटे कारवाही गर्दिन
न मेरो नया सत्ता बनाउछु
मलाई क्यान्टोनमेन्टको पर्खालले रोक्दैन
म ,मजदुर/किसान संगै बस्छु,खान्छु,सुत्छु
आमा,म हलो उठाउछु बाझो खेत,खोजि -खोजि जोत्छु
भो,आमा म बन्दुक बोक्दीन
न बम,बारुद बनाउछु
न एम्बुस थाप्छु
आमा,अब म राइफल चलाउदीन