एक जना मित्रले भन्ने गर्नुहुन्थ्यो
बाँच्नु पर्छ धेरै कुरा देख्न र सुन्न पाईन्छ
कुरा यत्ति हो त्यो सव सहने हिम्मत चाहिन्छ
आज याहाँ त्यस्तै हुन लागेको छ
हिजोका वाचा कबुलहरु लत्याएको देखिदै छ
शान्ति र संविधानको बाटो छेकिदै छ
हतियारमा धार लगाउने फर्मान जारि भएको छ
फेरि हत्या र हिंसाको बाटो तिर ध्यान गएको छ
कसैलाई फाईदा नहुने यो द्वन्दको खेतिले
खै कस्का करङ भाँचिने हुन्,
को विधवा वा विदुर हुने हो
कसको काख रित्तिने हो,
कसको बा-आमाको साथ सिद्धिने हो
यसै भन्न सकिदैन,
किन उन्मादिहरुको मन भकिदैन !
जति ध्वंस हुनु थियो भईसक्यो
अव निर्माणमा लाग्नु पर्छ
वाचँ र वाच्न देउ भन्ने मुल नाराका साथ
शान्ति प्रेमिहरु जाग्नु पर्छ
तर्कको स्थान नभए युद्धको अर्थ हुन्थ्यो होला
तिम्रो त्यो भावनाले सवैको मन छुन्थ्यो होला
तर हिजो तिमिले भने जस्तै लोकतन्त्र आको छ
मुलुक गणतन्त्रमय भाको छ सवैको ध्यान त्यतै गाको छ
हामिले बुझ्न सकेनौँ,
तिमिले चाहेको के हो !
बस हामिलाई यत्ति थाहा छ
जति ध्वंस हुनु थियो भईसक्यो
अव निर्माणमा लाग्नु पर्छ
वाचँ र वाच्न देउ भन्ने मुल नाराका साथ
शान्ति प्रेमिहरु जाग्नु पर्छ!!!