बाझो पार्यो धरति यो पाखण्डीले
राज गर्यो आज याहाँ सिखण्डीले
जे गरे नि हुने यो कस्तो चलन
धावा बोल्यो अस्तित्वमै बिखण्डिले॥
फुटमा नै भविश्यको खाका कोर्यो
कल्पनामै दुनियाको मन चोर्यो
सपनामा रमायो दुनिया याहाँ
पुस्तौलाई नै पुग्ने उस्ले सोह्र्यो॥
वलिदानी शंघर्ष त्यो चल्यो अरे
देशै दन-दनि हिजो जल्यो अरे
मरे कति अपांगको लेखा छैन
त्यस्मै टेकि उस्को भाग्य बल्यो अरे॥
कति बस्ने हो अब याहाँ सहेर
अरुको भरमा निरीह भएर
समयले गरेको सवाल हो यो
गर्जो टर्दैन भावनामा बहेर॥