बिउँझ्यो सुर्य उषालाइ लिएर
दिन बितायो किरण संगै डुलेर
ढल्यो सुर्य फेरि सन्ध्या पाई
प्रेममा कलंक गयो लगाई
माया चन्द्रले चाँदनीको पायो
वासनामा लिप्त भइ दाग लगायो
बादल आवारा भनि आरोप लागेछ
इज्जत गुमाई रोइ रोइ बर्षेछ
प्रेम गरि मौसमले बसन्त ल्याए
मुटु चुडे पछि शिशिर छाए
आक्रोस बढी फेरि हुरी चलेछ
बिजुली बनि डाँको छोडी कडकेछ
चरा चुरुंगी नै बेस छन प्रीतको रेशमा
छाडी जांदैनन झगडा गरि आवेशमा
कुरा के गर्नु प्रेम कहानी मनुष्यको
गुरु पत्नी न छाड्ने स्वयम् ईन्द्र भो