आज फेरि बम पड्किएको छ
चार जनाको ज्यान चड्किएको छ
कैयौँ जीवन मृत्युको लडाई लड्दैछन्
जन-जनको मनमा भय र त्रास गड्दैछन्!!
जनकपुरमा पड्किएको बमको आवाज
सिंहदरवार र वालुवाटारमा छिर्यो छिरेन
शान्ति सुरक्षा सुदृढ छ भन्ने गृह मन्त्रीको
दिमाग यो घट्ना पछि फिर्यो फिरेन!!
मृत्युको खेति सँधै गरिरहने
निर्दोस मानिस अनाहकमा मरिरहने
यस्तो खेति कहिले सम्म चल्ने हो
मुलुकमा शान्तिको दियो कहिले बल्ने हो!!
संक्रमणकालको नाममा अस्थिरता लम्ब्याउन पाँइदैन
हत्या आतंकको यो परिवेस भो अब चाँहिदैन
जे निर्णय लिनु पर्ने हो छिटो लेउ
सर्वसाधारणलाई शान्तिपुर्वक बाँच्ने वातावरण देउ!!