बन्दले मुलुकलाई बनाउदै छ मन्द
यस्को कारण हो,
धोखा, अविश्वास र बिग्रिएको संबन्ध
जो जिम्मेवार ठाउँमा छन्, फैलाउदै छन्
अदुरदर्शिता, भ्रष्टाचार र अकर्मन्यताको दुर्गन्ध
सहमति र संझौताका ठूल्ठूला डिङ हाँक्छन्
कर्यान्वयन कहिल्यै हँदैन सरोकारवाला थाक्छन्
यो सिलसिला निरन्तर चल्दै आएको छ
यस्ले सामाजिक सद्भावलाई खाएको छ
थाहा छैन यस्तो कहिले सम्म चल्ने हो
सर्वसाधारणलाई कति सम्म छल्ने हो
निमको रुखमा गुलियो आँप फलाउन छाडौँ
सवै मिलेर विकृति र विसंगतिको जंगल फाडौँ
सवै मिलेर गरौ अप्ठ्याराहरुको सामना