बेलगाम घोडाहरु, अचेल
खेतका चौडा छातीहरुमा
आफ्नो नाल गाडेर
रमाई रहेका छन् ।
तबेलामा ,
अनुशाशनमा बसेका घोडाहरु
बस्न चाहाने घोडाहरुलाई
ती बेलगाम घोडाहरु
बेहिसाब तथानाम बक्दैछन् ।
र स्वतन्त्रताको नाममा
रास्त्रियताको नारामा
आफ्ना अभिस्टको रोपाइँ
बलात्कृत शैलीमा
सुन्दर खेतहरुमा , गर्दैछन् ।
सुन्दर बगैचाहरु कुल्चिन उद्यत छन्
धानका बालाहरु लुछ्न पल्केका छन्
घोडा पाल्नेहरु
अंशबन्डाको संघारमा
आ-आफ्नो महलको किल्ला
मजबूत बनाउन व्यस्त छन् ।
र कैयेन पौरखी हातहरु
कैयन भोका पेटहरु
बेलगाम घोडाहरुबाट लखेटीएर
आफ्नै माटोमा पनि
एक झुत्रो थांगनामा
शरणार्थी बनाईएका छन् ।
बेलगाम घोडाका
सईसहरु , मालिकहरु
एउटा अस्पस्ट रेखा चित्र कोर्दै
त्यसका सुन्दरताको बारेमा
ब्याख्या गर्दैछन् ,
अझै पनि ,
बेलगाम घोडाहरुको दौड जारी छन्
सुन्दर बगैचाहरु क्षतबिक्षत हुँदै छन्
मनका खेतहरु , लुटीन्दैछन्
सपनाका झुपडीहरु जलाउँदै छन्
बेलगाम घोडाहरु जंग बहादुर बन्दैछन्
बेलगाम घोडाहरु जंग बहादुर बन्दैछन् !