पुस-माघको कठाङ्ग्रिदो जाडामा
सिर सिर हावा चलिरहेछ डाँडामा
तर पनि त्यस्को कुनै परवाह छैन
समय छदै गन्तब्यमा नपुगी भएन
त्यहि भएर होला सायद भरियाहरु
टेकनको टेकोमा भारी सुस्ताउदै
निरन्तर उनिहरु अघि बढ्दैछन्
पुग्न हतार छ घाम नअस्ताउदै
साहुको भारी बिसाएर ज्याला थाप्न
हतार छ नुन भुटुन आटो काखि च्याप्न
बेलुका घर नपुगि भएको छैन
बाल बच्चाले दिनभर केही खाएको छैन!!
यो एक दिनको होईन दिन-दिनको कथा हो
बहुसंख्यक पिडित मानव जातिको ब्यथा हो
सपना यीनले नदेखेको वा नदेखाईएको होईन
तर खै ! यी त सपनाका ब्यापारिका जेथा भो
पटक पटक ब्यबस्था परिवर्तन भएका छन्
सपना देखाउनेहरु सत्तामा गएका छन्
उनका त सात पुश्तालाई जोहो मिल्छ सधै
यीनले भने उहि पुरानै नियति सहेका छन्
सायद पुश्ता दरपुश्ता सम्म सहिरहनेछन्
अनि भरिया र अरुका करिया भईरहनेछन्
पुरानाका ठाँउमा आउछन् नँया ब्यापारिहरु
र सपना बेच्दै नँया सत्तामा गईरहनेछन्
यी भने फेरी पनि सहिरहनेछन् सहिरहनेछन्!!