अन्याय र अत्याचारको
कालो कालको अन्तयको
निमित्त जब अनगनत
मशालहरु बल्दछन जुनकिरीसरि
अनि रक्तदिपहरु भर्भराउन थाल्छन
नया बिजयदिवश भित्रिने खुशीमा,
आमाहरु बिर सपुतहरुको माथामा
बिजयटिका लगाउदै गदगद भैरहेका हुन्छन,
अनि बहिनी र चेलीबेटीहरु
खुकुरी र तरबालका धार र वारका गीतहरुमा
नाचिरहेका हुन्छन,
तर,तबपनि,
आफ्नो पुच्छर मुनिको संसारको स्वाद लिदै
मस्त संग निदाई रहेका हुन्छन
भुस्या कुकुरहरु..........।
समयको हुंकार बनी टक्राउछन
ति भिमकाय दरबार अनि महलहरुमा
अनि जब ति बिरध्रुवहरु
झिलमिलाउन थाल्छन
बारुदका कण-कणमा
तब एक एक गर्दै धराशायी हुन थाल्छन
तानाशाहका स्तम्बहरु,
च्यातिन्छन भुँडेसाहुका तम्सुकहरु,
लुटिन्छन घोक्रे ज्युका तिजोरीहरु,
अनि बिशाल छातीमा इतिहास कोर्दै
जब मस्तभई शंकनाद गर्छन
युगनिर्माताहरु,
तर,तबपनि,
टाङ् मूनि पुच्छर लुकाई,
एक कुनामा,
पुठोको भएभरिको जोड लगाई
बेअर्थमा फ्याउरो सरि फ्या फ्या गरिरहेका हुन्छन
भुस्या कुकुरहरु........।
यि भुस्या कुकुरहरु
राउन्ने झारसरि हुन्छन,
जरैसंग उखलेर फालेपनि
फेरे प्रकट हुन्छन
नये रुपमा किनकि
शत्ता,शक्ती र शानको बानी परेपछि
बन्दछन क्रान्तिमा हातेमालो गरेकाहरुनै
आफ्नै कथा,गाथा,इतिहास,रक्तछप देख्दा बौलाहा
भुस्या कुकुरहरु........।
उहि अगिका तानाशाह
र पेटे साहुको पैडो थामी
अग्लाउदै जान्छन बास आकासतिर ,
त्यस्तै दिवारपनि
अनि कान,आँखा अनि मष्तिष्कमा ताल्चा मारी
"म" लाई "हामी" सोचि
टाङ्मुनिको संसारको आनन्द लिदै
मस्त सुतिरहेका हुन्छन
भुस्या कुकुरहरु.......।