उ मर्यो
कठ्याङ्ग्रिएरै मर्यो
एक आङ कपडा नभैइ
एक पेट खाना नपाई
शितलहरको चपेटामा
उ मरेकै हो
दुर्गन्धित वेवारिसे लाश
अझै उठ्न सकेन
बेनाम,गुमनाम मृत्यु
नेपाली हुनुको पीडा भोग्यो
उ पनि मर्यो
हिजोको दिनहरुमा
जुल्फी बटारेर हिड्ने
महाको गुण्डा आज
रातारात नायक भयो
सबै हाम्रो भन्दै गरे
आफ्नो पार्टीको नाम दिन
गर्दैथे एकसे एक झेल
फल नेपाली जनता भोग्दैछ
तोडफोड,नेपाल बन्द
सरकार ढलपल
शहीद घोषणा
ईतिहास लेखियो
नेपाली हुनुको अहोभाग्य