कति बोक्छस ए बुद्दे तामांग त्यो ढाकर
त्यो डोको फ्याल्दे ।
कहिल्लै भरिएन तेरो पेट
जति बोके पनि भोकै सधै
तेरा बालबच्चाको ज्यान सधै नांगै ।
आइज सडक तता, ल्या टायर बाल
ढुंगा मुढा गर, आइज, नत्र तेस्तै हो सधै
कात्तिक, मंग्सिरमा कहिल्लै नातातेको तेरो ज्यान
न ज्याकेट देख्यो कहिल्लै, न गतिलो कपडा भेट्यो
सधै फाटेकै धराको भर कति पर्छन
कति धिक्कार्छ्स तकदिरलाई,
कति जान्छस मन्दिर टाउको ठोक्न
आइज बुद्दे आफ्नो अधिकार माग्न/खोस्न
त पनि रेलिंग भाच, बाटो जाम पार्दे नत्र, इस
आफै उठ, आफैले बोक्ने भारि जस्तै गरि
अब,बन्दगर आसु झार्न बर्र्रर्र्र
भो नथाप त्यो सिरको टोपी,
अब दौरामा केहि माग्नै पर्दैन्
खोस तेरा खुट्टाको लागि चप्पल
हान पुलिसलाई ढुंगा हान, बझा बझा,
तेरी स्वास्नीको गुनियू फेर्न्न हिड
सन्तानको पेट भर्न हिड
तेरो झुपडी छाउन आइज
तेरो नागरिक अधिकार खोस्न
श्रमको उचित मुल्य पाउन
बोला अरु भोका नांगा बुद्देहरुलाई
जम्मा पार र राक्के जुलुस निकाल