तिमीबाट टाढा हुनु पर्छ भने
तिम्रो मुटु छुनु पर्छ मैले
टाढैबाट नियाल्नु पर्छ भने
सामुन्ने नआऊ भुल्न पर्छ मैले
आँखा नजुदाऊ आँशु बग्छ अहिले
छलेर आँखा तिम्रो रुनु पर्छ मैले
बहाना नबनाऊ मुटु जल्छ अहिले
छोडेर तिमीलाई जानु पर्छ मैले
झन् झन् ब्यथा चर्कन थाल्यो
बिर्सन खोज्दा माया बढ्न थाल्यो
पग्लेर माया आँशु बन्न थाल्यो
मुटुले सधै मायालाई नै खोज्छ
जता बढी माया,उसैलाई नै रोज्छ
टाढा गर्न खोज्छौ, मलाई भने
बिर्संनै दिन्न,बाँचा गर्छु म अहिले
एकपल्ट मुटु छामेर त हेर
हरेक धड्कनलाई सोधेर त हेर
मुटुका हरेक धड्कन भित्रै छु म
छामेर त हेर मुटु भित्रै छु म - !!!