वाहिर आकाश धमिलिएको छ
भित्र मन अमिलिएको छ
चैत्र-वैशाषको यो मौसम
बुझ्न कठिन छ
कति वेला के हुने हो !
हावा हुण्डरिमा वद्लिने हो कि
पानि असिनामा !
मानव बस्तिका उडुस र उपियाँहरु,
जो बाचिँरहेछन् श्रमिक र किसानका पसिनामा !
तिनका लात र वातले छिया-छिया भएका यी वदन
यति कम्जोर भईसकेछन् कि,
प्रकृतिको नियमित गतिलाई पनि
धान्न गाह्रो मान्दछन् र भन्दछन्
लौ ठूलै हुण्डरि आईसक्यो,
असिना पर्यो वा चट्याङ खस्यो !
तर यो विर्सन्छन् कि,
धर्तिबाट तुवालो हट्दा या
आकाशबाट वादल फाट्दा,
दुर क्षितिजमा सप्तरङ्गि ईन्द्रेणिको
अनुपम् दृश्य देख्न पाईन्छ भनेर !
सायद अगुल्टाले हानेको कुकुर
विजुलि देख्दा तर्सन्छ भनेको यहि हो कि !!