मेरो जुनबेला चेतना शुन्य थियो
मलाई त्यो बेला ठूला माछाहरुले
साना माछाहरुलाई खाएको
असाध्यै मन पर्थ्यो
नदीको तटमा पुगेर त्यो दृष्य नियाल्दै
पुलकित भएर उफ्रिन्थेँ
साथीहरु भेला पारेर
कथा हाल्दै पेट मिची मिची हाँस्थ्यौं
उस्तै मज्जा लाग्थ्यो
बिरालोले मुसालाई
खेलाई खेलाई मारेको दृष्य
सोच विचारमा विवेक भरियो
त्यसैले हिजोका सारा कुरा आज अत्याचार लाग्छन्
ती दृष्य हेर्दा मन रमाउँदैन दु:खी बन्छ
हिजो अरुको दुर्दशामा रमाउने मन आज
अरुको पीडामा रुन जान्ने भएको छ
विवेकले न्याय र अन्यायका
कुरा छुट्याउन सक्ने भाको छ
साना हुन अथवा ठूला सप्पैले
स्वतन्त्रतापूर्वक बाँच्न पाउँनु पर्छ
धर्ती सप्पैको साझा हो भन्ने कुराको
दिमागमा ज्ञान पसेको छ
विभेदरहित समाजको निर्माण
गर्नु शिक्षित नागरिकको कर्तव्य हो
जव बेरोजगारले रोजगार पाउनेछन्
जव भोकाएकाहरुले अघाउजी खाना पाउनेछन्
जव नाङ्गाहरुले आङ ढाक्ने नाना पाउनेछन्
तव मात्रै विश्वको अगाडि नयाँ नेपालको
शिर गर्वले चुलिने छ
र उड्नेछन् शान्तिकाप्रतिक सेता परेवाहरु
शान्तिकामी नेपालीका हातबाट
आकासगंगामा निस्फिक्री निस्फिक्री